Logo

जंगलमा बाख्रा चराउन गएको अवस्थामा गोली प्रहारबाट घाइते  



रौतहट : चन्द्रपुर नगरपालिका-३ भोलनटार बस्ने ३५ वर्षीय कुल बहादुर घिसिङ गोली लागेर आइतबार दिउँसो घाइते भएका छन् ।  
सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुडामुनि गोली लागेर घाइते भई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेको खुल्न आएको छ । हाल उनको अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।