सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्शन देखिएको छ । सोमबार ०.२१ अंकले घटेर २९०६.७० अंकको विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकमा गिरावट आएसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३८ अंकले घटेर ५२०.६४ अंकमा आजको बजार बन्द भएको छ ।
सोमबार दुई सय २१ कम्पनीको एक लाख ५१ हजार ९४२ पटकको व्यापारमा तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयरको खरिदविक्री हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने निफ्राको सर्वाधिक ६ हजार ६६४ पटक कारोबार भएको छ । शेयर संख्याको आधारमा भने नेश्नल हाइड्रो पावर कम्पनीको १६ लाख ५४ हजार ४९८ कित्ता शेयरको खरिदविक्री भएको छ ।
सोमबार बैकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । लक्ष्मी बैंक लिमिटेडको लगानीकर्ताहरुले ३.५८ प्रतिशतले गुमाएका छन् ।
सामान्य अंकले घटेको बजारमा १२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबारको समूहगत परिसूचक मिश्रित देखिएका छन् । १३ समूहको कारोबार भएकोमा ७ वटा समूहको परिसूचक बढ्दा ६ वटा समूहको परिसूचक घटेको छ । वित्त समूहको परिसूचक ८.२७ प्रतिशतले बढ्दा व्यापार समूहको परिसूचक २.२१ प्रतिशतले घटेको छ ।
सोमबारको बजार बन्द हुँदा नेप्सेको बजार पुँजीकरण ४० खर्ब ३५ अर्ब ३७ करोड ८९ लाख ८२ हजार ३३४ रुपैयाँ ५ पैसा कायम भएको छ ।
०.०१ प्रतिशतले घटेको बजारमा ९१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।।

















प्रतिक्रिया