Logo

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना



काठमाडौं । हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

केही दिनअगाडि मात्रै कोरोनालाई जितेका श्रेष्ठ पुन: अस्पताल भर्ना भएका हुन् । मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राति गंगलाल अस्पताल  भर्ना गरिएको छोरा यमन श्रेष्ठले जानकारी दिए । 

यमनका अनुसार उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ । झन्डै डेढ वर्ष अगाडि पनि मुटुमा समस्या देखिएपछि उनको मुटुमा स्टिल राखिएको थियो । अहिले उनको मुटुमा दुई वटा स्टिल थपिएको यमनले जानकारी दिए ।

उक्त उपचारपछि मदनकृष्णलाई आईसीयूमा राखिएको थियो। उनलाई सोमबार डिलक्स रूममा सारिएको छ । उनको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार २०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।