Logo

कर्पोरेट फोकस

नबिल बैंकले कर्मचारीको छोराछोरीलाई दियो दुई लाखको छात्रवृति



काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीहरुको छोराछोरीलाई दुई लाखको छात्रवृति दिएको छ ।

बैंकले पूर्व अध्यक्ष स्व। शम्भु प्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट कर्मचारी परिवारको लागि सुरु गरेको ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ अन्तर्गत दुई लाखको छात्रवृति दिएको हो ।

स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएका थिए ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार छोराछोरीको नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको जनाएको छ ।

मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । बैंकको अनुसार पुरस्कारको रकम ५० हजार प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने छ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  २ : ०४ बजे