भक्तपुर : सूर्यविनायक नगरपालिका-५ चुनदेबीस्थित सडकमा ना.४ त ५८२९ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका बस्ने खोटाङ जन्तेढुंगा घर भएका २० वर्षीय साईमान बिष्टको मंगलबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















प्रतिक्रिया