Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको भाषणले धनगढीका कांग्रेसी आक्रोशित, नृपलाई हराइदिने चेतावनीपछि देउवा आफैँ मैदानमा



धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी पुगेका छन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट नेपाली सेनाको हेलिकोप्टर चढेर धनगढी पुगेका हुन् । आइतबार धनगढीमा चुनावी सभालाई सम्बोधन गरेर देउवा गृहजिल्ला डडेल्धुरा गएका थिए । उनले मंगलबार डडेल्धुराका विभिन्न ठाउँमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

निर्वाचनसम्म गृहजिल्लामै रहने भनिए पनि यसबीचमा देउवा धनगढी आउनुलाई चासोका साथ हेरिएको छ ।

देउवा ३ बजे धनगढी पुगेको र सेनाको ब्यारेकबाट धनगढी–४ उत्तरबेहेडीमा रहेको निवासमा गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

देउवाले कैलालीबाट राजधानी डडेल्धुरा सार्ने घोषणा गरेपछि धनगढीका कांग्रेसी नै आक्रोशित बनेका छन् । रिसाएका मतदाताले धनगढीमा कांग्रेस हराउन सक्ने भय देउवामा बढेको छ । धनगढीमा कांग्रेसकाबाट देउवाका विश्वासपात्र नृपबहादुर वड, एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमाल प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ८ : ३५ बजे