रुकुम (पूर्व) र दाङमा निषेधाज्ञा लम्बिएकाे छ। कोरोनाको जोखिम बढ्दै गएपछि रुकुममा लगाइएकाे निषेधाज्ञा एक साता थपिएकाे हाे।
दाङमा पनि निषेधाज्ञा लम्ब्याइएकाे छ। यद्यपि अब केही खुकुलो भएको छ। बैंक तथा वित्तिय संस्था अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन्। विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
होटेल, शैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु गर्नुपर्ने छ । बुधबारदेखि यहाँका सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने उनले बताए।















प्रतिक्रिया