Logo

समाचार

फ्रान्सेली राष्ट्रपतिले सार्वजनिक स्थलमै झापड खाए, काे हुन् चड्कन हान्ने ?



फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि एक जनाले सार्वजनिक स्थलमै झापड हानेका छन् ।

दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका उनीमाथि एक जनाले झापड हानेका थिए।

माक्रोँलाई चड्कन हान्ने पुरुषले ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए। त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ।

चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन। स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको छ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा चड्कन हानिएको छ।

#Macron se fait gifler en direct de #Tain pic.twitter.com/tsXdByo22U

— ⚜️ (@AlexpLille) June 8, 2021 “>

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०७:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।