Logo

सुदूरपश्चिम प्रदेश

तुर्माखाँद गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीकाे बदमासी : अस्पताल निर्माणकाे आफ्नालाई ठेक्का पार्न दुई पटक म्याद थप



निर्माण ठेक्कामा कमिसनकाे चक्कर हुन्छ। याे ओपन सेक्रेट छ। तर, अछामको तुर्माखाँद गाउँपालिकाले काेराेना महामारीकाे अस्पताल निर्माणकाे ठेक्कामा हदैसम्मकाे खेल खेलेका छन्।

सरकारले चालु आवमा हरेक स्थानीय तहमा १० बेडकाे अस्पताल निर्माणकाे नीति लिएअनुसार  गत असाेजमा रकम पनि निकासा गरेकाे थियाे। 

बजेट निकासाकाे ७ महिनामा मात्र बाेलपत्र आह्वान गरेकाे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कमिसनकाे चक्करमा दुई पटक म्याद थप गरेका छन्।

१० बेडको अस्पताल निर्माणको लागि गत वैशाख २४ गते बोलपत्र आह्वान गरेको गाउँपालिकाले जेठ २३ गतेकाे म्याद दिएकाे थियाे।

तर, गाउँपालिकाले बोलपत्र दर्ता समय सकिन एक घण्टा बाँकी रहँदा पुरानो स्पेसिफिकेशनमा नयाँ बुँदा थपेर समय बढाएर गाउँपालिकाले दुई दिन समय थप गरेर अन्तिम समय जेठ २५ गतेसम्म पु-याएकाे पाइएकाे हाे। 

    194918767_935032743733922_665204858682594362_n.jpg

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।