Logo

बजार लहै लहैमा लागेर लागनी गर्ने ठाउँ होइन, अध्ययन गर्नुैस् : बोर्ड



नेपाल धितोपत्र बोर्ड (सेबोन)लगानी गर्दा जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बजार सिद्धान्त अनुरुप नै बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा लगानीसँगसँगै जोखिम भन्ने कुरा ध्यानमा राखेर लगानी गर्न लगानीकर्तालाई सूचना मार्फत जानकारी गराएको छ ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ भएका गुनासाहरु आएको र यस समबन्धमा बोर्डले अध्यन सुरु गरेको जनाएको छ । यस्तो अध्ययन सम्पन्न हुन केहि समय लाग्ने पनि बोर्डले जनाएको छ ।

सेबोनले यस विषयमा धितोपत्र सम्बन्धि ऐन, २०६३ ले बर्जित गरेको क्रियाकलापमा संलग्न नहुन पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

60bf60cd77ae3.jpg

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।