Logo

संवैधानिक इजलास : सुनुवाइअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश खतिवडाले के भने ?



संसद् विगठन विरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले वरिष्ठताका आधारमा गठित इजलासलाई नै निरन्तरता दिने निर्णय गरेका छन् । यससँगै मुद्दाको सुनुवाइ अघि बढाइएको छ ।

सुनुवाइ पूर्व प्रधानन्यायाधीश जबराले भने ‘वरिष्ठताको आधारमा गठित इजलासमा शंका नगर्नुहोस् । हामीले तपाईँहरूको कुरा पनि सुन्यौँ ।’

त्यस लगत्तै न्यायाधीश ईश्वरप्रसाद खतिवडा बोले ‘केही कुराको उठान शब्दबाट हुन्छ । कहिलेकाहीँ मौनताबाट पनि हुन्छ । बेन्च गठन सम्बन्धी कुनै  प्रश्न हामी सुन्दैनौ । सन्दर्भमा चाहे भोलिको बहसको होस वा अरू सन्दर्भमा, हामी त्यो सुन्दैनौं। यो फाइनल हो । अनावश्यक रूपमा विवाद उत्पन्न नगरौँ । विगतका १२ दिन हामी सबैले बिर्सनलायक दिन् हुन्।’

फेरी प्रधानन्यायाधीश जबराले भने ‘फेरी पनि भन्छु हाम्रो इजलासलाई शंका नगरौँ । यही बेन्च गठन हुने भयो । यो मुद्दाबाट हामीले धेरै अनुभव पायौ ।’

मुद्दाको संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशद्वय दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई इजलासमा रहेका छन् । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।