बुधबार शेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ता हाबी हुदाँ शेयर बजार परिसूचक नेप्से १३.५६ अंकले घटेर २९४६.५८ अंकको विन्दुमा बन्द भएको छ ।
शेयर बजार घट्दा बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ अंकको विन्दुमा बन्द भएको छ ।
बुधबार २ सय २१ कम्पनीको एक लाख ५५ हजार २३९ पटकको व्यापारमा ३ करोड १३ लाख ५४ हजार ०२२ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ ४१ पैसा बराबरको कारोबार भएको छ ।
बुधबार अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १८ लाख ९६ हजार ३३५ कित्ता शेयरको खरिदविक्री हुँदा ८७ करोड ९४ लाख ९० हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने ज्योती विकास बैंकको सर्वाधिक ४ हजार ५८७ पटक कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बुधबार यूनाइटेड इदीमर्दी आर बी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.८८ प्रतिशतले गुमाएका छन् ।
बुधबार १३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक बढ्दा ७ समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ४.४१ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.९८ प्रतिशतले बढेको छ ।
बुधबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख ६ हजार १०५ रुपैयाँ ५ पैसा कायम भएको छ ।
०.४६ प्रतिशतले घटेको बजारमा ६० कम्पनीको शेयर मूल्य बढ्दा ११६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।















प्रतिक्रिया