Logo

बिहीबार शेयर बजारमा सामान्य करेक्शन : विकास बैंक, जलविद्युत र वित्त लगानीकर्ताको रोजाँईमा



बिहीबार शेयरबजारमा सामान्य करेक्शन देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से १.८० अंकले घटेर २९४४.७८ अंकको विन्दुमा बन्द भएको छ । शेयर बजार घट्दा शेयर बजारका अन्य परिसूचकहरु मिश्रित देखिएका छन् । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.५९ अंकले बढेर ५२७.८८ अंकको विन्दुमा बन्द भएको छ । बिहीबार २ सय २० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको कारोबारमा ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । 

शुक्रबार बुक क्लोज रहेको हाइड्रो इलेक्ट्रिसिटि एण्ड डेभलप्मेन्ट कम्पनीको सर्वाधिक ८ हजार ६८१ पटकको व्यापारमा १७ लाख २० हजार ४७६ कित्ता शेयरको खरिदविक्री हुँदा ९९ करोड ६५ लाख ६० हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख ८५ हजार ४२४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

घटेको बजारमा १४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । बिहीबार गोर्खा फाइनान्सका लगानीकर्ताले सर्वाधिक ४.२५ प्रतिशतले गुमाएका छन् । 

बिहीबारको समूहगत परिसूचक मध्य १३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक बढ्दा बाँकी ७ समूहको परिसूचक घटेको छ । आज लगानीकर्ताको आकर्षण जलविद्युत समूहमा देखिएको छ । उक्त समूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ । 

विकास बैंक समूहको परिसूचक २.६५ प्रतिशतले बढ्दा वित्त समूहको परिसूचक २.५७ प्रतिशतले बढेको छ । घटेर बन्द भएको समूहमा व्यापार समूहको परिसूचक १.२१ प्रतिशतले घटेको छ । 

०.०६ प्रतिशतले घटेको बजारमा ९० कम्पनीको शेयर बढ्दा ८९ कम्पनीको शेयर घटेको छ । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 
 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।