हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । कम्पनीले हालै मात्र बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीलाई जेठ १७ गते, सोमबार बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको थियो ।
कम्पनीले जेठ २३ गते, आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको हो । जस अनुसार कम्पनीको नेपाली नाम हिमालयन रि इन्स्योरेन्स रहनेछ । यो कम्पनी गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ । कम्पनीको दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ रहेको छ ।
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका थिए । अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्स गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका थिए ।
प्रतिक्रिया