Logo

बँदेललाई पासो थापेको करेन्ट लागेर मृत्यु   



उदयपुर : त्रियुगा नगरपालिका-९ राजावाश बस्ने ५४ वर्षीय जगदिश पोखरेलको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

मकैबारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाउन भन्दै आफैले थापेको पासो हटाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।