Logo

प्रमुख समाचार

वडामा हारे पनि देउवाले पालिकामा दोब्बर मतान्तरले जिताए कांग्रेसका उम्मेदवार



डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाए ।

प्रधानमन्त्री देउवाले वडा नम्बर १ को रुवाखोलाबाट मतदान गरेका थिए । सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

यहाँ कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले कांग्रेस बीपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिष्पर्धामा गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २०:५५   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।