Logo

बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिबादी पक्राउ



झापा : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ ।

उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी झापा भद्रपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत ईलामको २०७३ वैशाख ७ गतेको फैसलाले  १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा  जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।