Logo

समाचार

आङसाङ सूचीविरुद्ध गम्भीर मुद्दा दायर, पुष्टि भए १५ वर्ष कैद हुने



म्यानमार सैन्य सरकारले नेतृ आङसाङ सूचीविरुद्ध गम्भीर मुद्दा दायर गरेकाे छ।

सूचीले नगद र सुनमा घुस लिएको आरोपमा सैन्य सरकारले भ्रष्टाचारको मुद्दा लगाएको हो।  जुन सूचीमाथि अहिलेसम्म लागेको मुद्दाहरुभन्दा गम्भीर छ।

यदि याे आराेप पुष्टि भएमा उनलाई १५ वर्षसम जेल सजाय हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

म्यानमारमा सैन्य शासन लागू भएपछि सूचीमाथि अन्य ६ किसिमका आरोप पनि लागेका छन् । यी मुद्दामा उनले अवैध रुपमा वाकिटकी राखेको तथा सार्वजनिक अशान्ती फैलाएको आरोपहरु छन्।

सूचीलाई गत फेब्रुअरी १ मा सत्तालाई सेनाले कब्जा गरेर कू गरेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिए यता उनलाई केही पटक मात्रै सार्वजनिक रुपमा देखिएको छ ।

नियन्त्रणमा लिएयता उनी केही पटक अदालतमा उपस्थित हुँदा मात्रै देखिएकी छिन् । सेनाले सार्वजनिक गरेको विज्ञप्तीमा उनले ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको र सातवटा सुन लिएको आरोप लगाइएको छ। एजेन्सी

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।