Logo

भारतीय राजदूत र प्रधानसेनापति थापाबीच भेट, स्वास्थ्य सामग्री हस्तान्तरण



नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्रा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । राजदूत क्‍वात्राले नेपाली सेनालाई स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन् । 

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भारतीय राजदूत क्‍वात्रा शुक्रबार जंग्‍गीअड्डा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उनका अनुसार भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको सहयोग भारतीय राजदूत क्‍वात्राले प्रधानसेनापति थापालाई हस्तान्तरण गरेका हुन् । 

भारतीय सेनाले यसअघि पनि नेपाली सेनालाई साढे तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।