Logo

प्रमुख समाचार

सुदूरपश्चिममा अहिलेसम्म कांग्रेस, एमाले र माओवादीले जितेका स्थानीय तह  



सुदूरपश्चिम प्रदेशमा मत गणना सम्पन्न  स्थानीय तहमा कांग्रेस र माओवादी ७ /६ ठाउँ र एमालेले ५ ठाउँ विजयी भएको  छ। 

सोमबार बिहानसम्म एमालेले बझाङकाे थलारा, साइपाल, दार्चुलाकाे महाकाली, डाेटीकाे जाेरायल, बैतडी पञ्चेश्वरमा जितेकाे छ ।

यस्तै, माओवादीले दार्चुलाकाे मार्मा, लेकम, नाैगाड, अपीहिमाल, डडेल्धुराकाे आलिताल र डाेटीकाेे बाेगटान फुड्सीलमा  नेतृत्व लिएकाे छ। कांग्रेससँग गठबन्धन गरेर माओवादीले जितेकाे छ ।

यस्तै, कांग्रेसले डडेल्धुरा गन्यापधुरा, नवदुर्गा, अछामकाे ढकारी, बाजुराकाे स्वामीकार्तिक खापर, डाेटीकाे बडीकेदार र बैतडीकाे शिवनाथमा जित हात पारेकाे हाे ।

अछामकाे कमलबजार नगरपालिकामा नेपाली कांग्रेसले जितेकाे छ । प्रदेशका ८८ स्थानीय तहमध्ये केही बाहेक अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।

मत परिणाम आउने क्रम जारी छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ३८ बजे

402
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।