काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाइ राखेर बाहिरिएका थिए । उनी बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय गराएका हुन् ।
शुक्रबार बिहान ११ बजेबाट बैठक सुरु भए पनि विवाद उत्पन्न भएपछि बैठक लम्बिएको थियो । एक सदस्यले भने, “विवाद भएपछि केही सदस्य बाहिरिनु भएको थियो । शिक्षामन्त्रीले यो निर्णय आजै लेख्नुपर्छ, भनेर अडान लिएर लेखाउन लगाउनुभयो ।”
बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको ती सदस्यले जानकारी दिएका हुन् । आयोगले सिफारिस गरेपछि काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने निर्णय लिने उनले बताए । नपुगेका प्रक्रिया पूर्याउन सबै पक्षले सहयोग गर्नुपर्ने पनि उनले औंल्याएका छन् ।
सम्बन्धन दिने नै भन्ने निर्णय भएको हो तर केही कुरा पूरा भएको छैन भने पूरा हुनुपर्छ भनेर प्रक्रिया पूरा गरेपछि भन्ने कुरा राखिएको हो ।















प्रतिक्रिया