कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सफल भएको छ । त्यहाँ नेपाली कांग्रेसका शंकर प्रसाद अध्यक्षमा विजयी भएका छन् ।
उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याएर पराजित हुन पुगे । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नवराज कोइरालाले ७८० मत पाए ।
यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुमारी ओलीले २ हजार ४१५ मत ल्याएकी छन् ।
यहाँ ०७४ मा प्रमुखमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेका थिए । अहिले प्रमुख जितेका शंकर उपाध्याय ०७४ मा १५६ मतले पराजित भएका थिए।
प्रतिक्रिया