Logo

प्रमुख समाचार

डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी



डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएकी हुन् ।

अन्तिमसम्म कसको कोल्टामा जित पर्ला आकलन गर्न नसकिने अवस्था थियो । जोशीले ३ हजार ६१९ मत ल्याए भने उनका निकट प्रतिद्वन्द्वी भट्टले ३ हजार ४२६ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा झुकालले ३६७८ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले ३०८५ मत ल्याए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ५ : ५७ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।