Logo

अर्थ

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्ताव पेश, बुधबार र बिहीबार छलफल हुने



काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ ।

मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

उक्त प्रस्तावमाथि ४ र ५ जेठमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय ९बजेट० प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।