Logo

कर्णाली प्रदेश

जाजरकोटको शिवालयमा कांग्रेसका शेरबहादुर शाही विजयी



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की गीता कुमारी शाही निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्तागठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले उछिनेकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।