Logo

कोशी प्रदेश

‘लौरो’ चिन्ह्र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एमालेलाई पछि पारे



काठमाडौं । धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फेरि एमालेलाई उछिनेका छन् ।

मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईको अग्रता कायमै रहँदा एमाले उम्मेदवार मन्जु भण्डारी र स्वतन्त्र हर्कबीच दोस्रो स्थान खोसाखोस चलिरहेको छ ।

२१ हजार ८४ मत गणना सकिँदा किशोर राईले ६०२३ मत पाएका छन् भने हर्कले ५४२६ मत प्राप्त गरेका छन् । मंगलबार बिहानदेखि हर्क दोस्रोमा उक्लिँदा मन्जु तेस्रो भएकी थिइन् । दिउँसो फेरि मन्जुले हर्कलाई पछि पारेकी थिइन् । साँझ फेरि हर्क अघि लागेका छन् ।

एमालेकी भण्डारीले ५२५१ मत पाएर स्वतन्त्र उम्मेदवारलाई पछ्याइरहेकी छन् । उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवारसँगको अन्तर एमाले उम्मेदवारले घटाएका छन् ।

माओवादीका अइन्द्र बेघाले ६७६३ एमालेका पदम इस्बो लिम्बुले ६५२७ मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १९:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।