Logo

कर्णाली प्रदेश

भेरी नगरपालिकाको मेयरमा घर्ती विजयी



काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुनः एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन् ।

घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याए । एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो ।

उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित भएकी छन् । उनले ५९८५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याइन् । नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार २०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।