गत शुक्रबार पूर्वी नेपालबाट भित्रिएकाे दक्षिण एसियली मनसुन देशभर फैलिन थालेकाे छ। सुरुवाती चरणमा सक्रिय बनेकाे मनसुन हाल प्रदेश १ देखि लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएकाे छ। मनसुनी वायुको प्रभाव पश्चिमतिर पर्दै गएकाे छ।
फलस्वरुप आइतबार बिहान देशभर देशभर बदली छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा पानी परेकाे छ।
दिउँसो देशका धेरै स्थानमा मेघगर्जन,चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
साँझ प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।
साेमबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।
मंगलबार बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
प्रतिक्रिया