Logo

समाचार

अब भारतले युद्ध र सैनिक अभियानबारे ‍औपचारिक जानकारी दिने



भारतीय रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग जाेडिएका जानकारी ‍‍औपचारिक रुपमा दिने भएकाे छ।

रक्षा मन्त्रालयले ट्वीट गर्दै रक्षामन्त्री राजनाथ सिंहले युद्ध, युद्धका बखत भएका संवाद, सैन्य अप्रेशन र सेनाकाे इतिहाससँग जाेडिएका जानकारीलाई गोपनीयता सूचीबाट हटाएर सार्वजनिक गर्ने नीति स्वीकृत गरेका हुन्।

यी जानकारीकाे प्रशासन गर्न इतिहास डिभिजन पनि बनाइनेछ। 

रक्षा मन्त्रालयका अनुसार युद्धको इतिहासबारे प्रकाशित हुँदा व्यक्तिलाई घटनाबारे सही जानकारी पाइनेछ। शैक्षिक अध्ययनका लागि प्रमाणिक सामग्री उपलब्ध हुनेछ साथै अफवाहलाई राेक्न सघाउन पुग्नेछ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।