Logo

बाढीले बगाउँदा ३४ वर्षीया महिलाको मृत्यु 



सुर्खेत : गुर्भाकोट नगरपालिका-५ बस्ने ३४ वर्षीया मिना आलेको कुर्मी खोलामा आएको बाढीले बगाउँदा शनिबार दिउँसो मृत्यु भएको छ । 

उनकै श्रीमान टेक बहादुर आलेसँग माछा मार्न गएकोमा अवस्थामा उक्त खोलामा बाढी आई मिनालाई बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुना सुर्खेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ३ किलोमिटर तल सोही खोलाको किनारमा उनको शव फेला परेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १३:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।