Logo

अनलाइनपाना बुलेटिन : दिनभरी कहाँ के भयो ?



काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एन साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने, खाद्यान्न, किराना, तरकारी, मासुलगायतका पसल तथा डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको हो ।

यी हुन आजका थप मुख्य समाचारहरू

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, खाद्यान्न, किराना, तरकारी, मासुलगायतका पसल तथा डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म खोल्न पाइने 

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा पूरक रिट, काममा रोक लगाउन र निर्णय बदरको माग 

गण्डकीमा मुख्यन्यायाधिवक्ताले दिए पदबाट राजीनामा, पूर्व मुख्यमन्त्रीलायृ सुविधा दिने सरकारको निर्णय 

खोप अभावका कारण स्थगित खोप अभियान फेरि सुरु हुँद, भोलिदेखि वीर, त्रिवि, सिभिल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोरोना पुष्टि, तीन हजार ९९४ जना संक्रमणमुक्त  

नेप्सेमा अर्को ऐतिहासिक उछाल, झन्डै २० अर्बको कोरोबार
 
सानो समूहले विश्वलाई शासन गर्न नसक्ने भन्दै जी सेभेनलाई चीनको चेतावनी

देशभर फैलिँदै मनसुन, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार २०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।