एजेन्सी । रुसले कोरोनाविरुद्धको खोप लगाए कार उपहार दिने प्रावधान ल्याएको छ । रोयटर्सका अनुसार रुसको राजधानी मस्कोमा त्यहाँका मेयर सर्गी सोबायिनिनले १८ वर्षभन्दा माथिका मानिसहरूले जुन १४ देखि जुलाई ११ सम्ममा खोप लगाए उनीहरूले कार उपहार पाउने योजना ल्याएको हो ।
अमेरिकामा पछिल्लो समय खोप लगाए बापत् गाँजा, पैसा, ल्यापटपजस्ता उपहारको योजना ल्याइएको समाचारहरु आएका थिए ।
खोप लगाउने मानिसको नाम गोलाप्रथामा जानेछ । भाग्यशाली पाँच जनालाई १० लाख रुबेल बराबरको नयाँ कार उपहार दिइनेछ।
रुस त्यो देश हो जसले विश्वमा सबैभन्दा पहिले कोरोनाविरुद्धको खोपलाई स्वीकृति दिएको थियो ।

















प्रतिक्रिया