Logo

काेराेनासँग जुध्नेगरी आज सातवटै प्रदेशले बजेट ल्याउँदै



सात वटै प्रदेशले आज मंगलबार बजेट ल्याउँदैछन्। असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउन लागेका हुन्।

यी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम पारित गरिसकेका छन्।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहीअनुसार हुनेछ ।

प्रदेश १ काे  प्रदेश सभा बैठक अपराह्न ३ बजे बस्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। प्रदेश २ को प्रदेश सभाको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

अपराह्न ३ बजे बस्ने बागमतीकाे प्रदेशसभा बैठकमाआर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट प्रस्तुत गर्नेछन्।

गण्डकी प्रदेशमा नयाँ सरकारले बजेट ल्याउँदैछ। केही दिन अघि मात्र कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका थिए। उनले मन्त्री नियुक्त गरे पनि अन्यलाई जिम्मेवारी दिएका छैनन। मुख्यमन्त्रीले नै बजेट पेस गर्नेछन्।

लुम्बिनी प्रदेशसभाकाे बैठक अपराह्न ४ बजे बस्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

दिउँसो १ बजे बोलाइएको कर्णालीकाे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नेछन्।

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अपराह्न ४ बजे बस्दैछ। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।