Logo

समाचार

चीनले द्रुत रुपमा परमाणु क्षमता विस्तार गरेपछि युरोपेली र उत्तर अमेरिकी देशको सैन्य गठबन्धन तनावमा



चीनका कारण उत्पन्न सैन्य चुनौतीबारे नेटोको चेतावनी

विश्वको सबैभन्दा शक्तिशाली क्षेत्रीय रक्षा गठबन्धन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटाे)  नेताहरूले चीनका कारण सैन्य जाेखिम उत्पन्न भएकाे निष्कर्ष निकालेका छन्।

चीनले द्रुत रुपले परमाणु क्षमता विस्तार गरिरहेका बेला ब्रसल्समा भेला भएका नेटोका नेताहरुले सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेकाे बिबिसीले उल्लेख गरेकाे छ। चीन सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको नेटाेका नेताहरुकाे दाबी छ।

नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहेको बताए। तर उनले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि उल्लेख गरेका छन्। नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो।

कम्युनिस्ट विस्तारको जोखिमसँग जुझ्न दोस्रो विश्व युद्धपछि यसको स्थापना गरिएको थियो। एजेन्सी

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।