Logo

समाचार

अब साउदीका महिला एक्लै पनि हज जान पाउने



अब साउदी अरबका महिला एक्लै हजयात्रामा जान पाउने भएका छन्। यसअघि साउदीका महिला पुरुष अभिभावकविना हजमा जान पाउँदैनथे। तर, अब १८ देखि ६५ वर्षका महिलालाई पुरुष अभिभावक विना पनि हज यात्राका लागि अनुमति दिने निर्णय भएकाे हाे।

हज जान इच्छुक महिलाले आफ्नो नाम छुट्टै दर्ता गराउन सक्ने साउदी अरबले जनाएको छ। 

हजमा जान कोरोना विरुद्धको खोप लगाएको हुनु पर्ने, कम्तीमा पछिल्लो १४ दिनअघि खोपको दोस्रो डोज लगाएको हुनुपर्नेछ। हजका लागि नाम दर्ता खुलिसकेकाे छ। जुलाईमा हुने हजका लागि ६० हजार जनालाई अनुमति दिइएको छ। एजेन्सी

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।