काठमाडौं । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । खोप पाउने भएपछि उनीहरूले अवरोध हटाएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालकलाई भोलिबाट लगाउन गरिने बताए । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएको बताए ।
हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

















प्रतिक्रिया