पाल्पा । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ परेका छन् । रामपुर नगरपालिका–१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया