Logo

अविरल वर्षाले गुल्मीमा दुई घर भत्किए, एक घाइते



काठमाडौं । दुई दिनेदेखिको अविरल वर्षाले गुल्मीको इस्मा गाउँपालिकामा दुई घर भत्किएको छ ।

गाउँपालिका –५  मैदानका राजेश परियारको निर्माणाधीन घर र वडा नम्वर १ उजुङ्ग स्थित छत्रबहादुर पछाईको  बस्दै आएको घर भत्किएको हो । मैदानस्थित परियारको घर भत्किँदा उनकी  २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायको नेतृत्वको टोली  त्यस स्थानमा उद्धार गर्न  पुगेको पाण्डेले बताए  । 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।