Logo

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)



प्रदेश १  सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख  बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ । यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट हो ।

अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो । स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख  बजेट बिनियोजन गरेको छ भने वित्तिय व्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ ।

प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख,समानीकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड,सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख,समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने रहेको छ । त्यसमा प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ । बैदेशिक अनुदान २६ करोड १३ लाख व्यहोर्ने आर्थिक मामिलामन्त्री आङ्बुहाङले बताए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।