Logo

बन्दाबन्दीको समयको कर सार्वजनिक सूचना दिएर मात्र उठाउन सर्वोच्चको आदेश



बन्दाबन्दीको समयको कर सार्वजनिक सूचना जारी गरेर मात्र उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । करको विषयमा आज अदालतमा भएको सुनुवाइ मार्फत यस्तो आदेश दिएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । उनले भने “सर्वोच्चले आर्थिक ऐन दफा १९ अनुसार सार्वजनिक सूचना जारी गरेर मात्र कर असुल गर्न आदेश दिएको छ । हामीले निषेधाज्ञा खुलेको ३ महिनासम्म कर उठाउन नपाउने पक्षमा वकालत गर्दै आएका थियौ ।”

यस अघि गत जेठ ५ गते सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा कर उठाउन नपाउने भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त आदेश विरुद सरकारी वकिलले भ्याकेट निवेदन हालेका थिए । उनीहरूले कर नउठाउँदा राज्य सञ्चालनमा नै असर पर्ने भन्दै भ्याकेट हालेका थिए । 

आज भएको सुनुवाइमा सरकारी पक्षबाट सह न्यायाधीवक्त हरीसंकर निरौला र  विपक्षीकोबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, अमिता गौतम पौडेल लगायतले वकालत गरेका थिए । 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।