Logo

अढाई लाखको मोबाइलमा एसएमएस– बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुहोस्



जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ ।

बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन सुरु भएयता ‘..खोला, नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको छ । ‘हामीले बाढीको मात्र पूर्वानुमान गर्छौँ । निरन्तर वर्षा र नदी, खोलामा जल सतह बढ्ने देखिएपछि तटीय क्षेत्रका नागरिकलाई सुसूचित हुन एसमएस पठाउने गरिएको छ,’ उनले भने ।

मंगलबार साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ । 

सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ । जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ । नयाँ पत्रिकामा खबर छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।