Logo

रामायणमा ‘आर्य सुमन्त’ को भूमिका प्रस्तुत गरेका वैद्यको निधन



पौराणिक कथामा आधारित चलचित्र रामायणमा समेत आफ्नो भूमिका प्रस्तुत गरेका  भारतका चर्चित कलाकार तथा अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । अभिनेता वैद्यको बुधवार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको मुम्बई स्थित अँधेरीमा आफ्नै निवासमा निधन भएको  हो । स्वास्थ्यमा देखिएको समस्याका कारण वैद्यलाई गत बिहीबार नै क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो ।

अभिनेता वैद्यले रामायणका चर्चित पात्र राजा दशरथको महामन्त्री  ‘आर्य सुमन्त’ को भूमिका प्रस्तुत गरेका थिए । बलिउडका करिब एक सय भन्दा चलचित्रमा काम गरेका उनले चलचित्र निर्देशन समेत गरेका छन् ।

प्रकाशित मिति : असार १, २०७८ बुधबार  १ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।