स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङ ठाटीस्थित भित्री सडक खण्डमा बानेथोकबाट बयरघारीतर्फबाट आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अचानक अनियंत्रित हुँदा सडकबाट ५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी भिरकोट नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय गणेशजंग अधिकारीको मृत्यु भएको छ । घाइते हुनेहरूमा भिरकोट नगरपालिका वडा नम्बर ३ का जिप चालक बिकास थापा, ४० वर्षका रेशम परियार , ४६ वर्षीया प्रतिमा परियार , ४८ वर्षका रुक बहादुर , २८ वर्षिया सोनि श्रेष्ठ र पुतलीबजार नगरपालिकाका २४ वर्षिया दिनेश परियार रहेका छन् । जिपमा ८ जना सवार रहेका थिए।















प्रतिक्रिया