Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण नगरिए विष्फोट हुन्छ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मार आम जनता र अतिविपन्नमा झन् बढी पर्ने भएकाले यसलाई सरकारले विभिन्न विधि प्रयोग गरेर तुरून्त नियन्त्रण गर्नैपर्ने उनको सुझाव छ । समाजिक संजाल ट्विटरमा धारणा पेश गर्दै डा. भट्टराईले यसो नगरिएमा विष्फोट हुनेसम्मको चेतावनी दिएका छन् ।

कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च, चुहावट, भ्रष्टाचार रोक्ने, उपभोग घटाउने, वैकल्पिक उर्जा प्रयोग गरेर भएपनि पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मार आम जनता र अतिविपन्नमा झन् बढी पर्ने भएकाले यसलाई सरकारले विभिन्न विधि प्रयोग गरेर तुरून्त नियन्त्रण गर्नैपर्छ’, डा. भट्टराईले भनेका छन्, ‘कतिपय कर घटाउने, खारेज गर्ने, फजुल खर्च, चुहावट, भ्रष्टाचार रोक्ने, उपभोग घटाउने, वैकल्पिक उर्जा प्रयोग इत्यादी हुनसक्छन् ! नत्र विष्फोट होला !

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १७:५०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।