Logo

अर्थ

हवाई भाडा बढ्यो, अब कहाँ जाँदा कति रुपैयाँ पर्छ ?



काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा समेत बढाएको छ ।

नेपाल आयल निगमले एक सातामै इन्धनको मूल्यमा दुईपटक भारी र्वद्धि गरेको छ । त्यसकै असरस्वरुप वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढाइएको जनाएको छ ।

संघका अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो दूरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ ।

हेर्नुहोस् भाडादरको नयाँ सूची

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार २०:०१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।