Logo

कर्पोरेट फोकस

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, बधाईको ओइरो



काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् ।

ढुंगाना नेपाल बंगलादेश बैंकको पूर्वकार्यकारी अधिकृत हुन् । अनिल केशरी शाहको पदावधि सकिएसँगै रिक्त पदमा ढुंगाना नियुक्त भएका हुन् ।

शाह ७ असार २०७५ मा ४ वर्षका लागि नबिल बैंकको प्रमुख कार्यकारीको रूपमा नियुक्त भएका थिए ।

ढुंगाना सीईओ बनेसँगै उनलाई बधाई दिनेको ओइरो लागेको छ । सामाजिक सञ्जालमार्फत उनलाई धेरैले बधाई दिइरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ९ : २३ बजे