रामेछापको सुनकोशी नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ । बुधबार दिउँसो साढे ३ बजे खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पुछिघाटस्थित सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती पुरूष अन्दाजी ४०/४५ वर्षका छन् । उनको कम्मरमा नाम्लाले बाँधेको र माछा मार्ने फुर्लुङ भिरेको अवस्थामा शव फेला परेको छ ।

















प्रतिक्रिया