Logo

अर्थ

विद्युत् खपत बढाउन महसुल पुनरवलोकन गरिने



काठमाडौं । विपन्‍न वर्गका नागरिकका घरमा विद्युत् मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । 

विद्युत् खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ । 

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।