Logo

कागेश्वरीद्वारा बाढीको चपेटामा परेका दुई पालिकालाई १०-१० लाख सहयोग‍



मंगलबार आएको बाढीको कारण सिन्धुपाल्चोकको बस्तीहरु तहसनहस भएका छन् । कोहि घरविहिन भएका छन् कोहि त परिवार विहिन यो दुखको धडीमा सहयोग र राहत वितरण गरी पिडितको घाउमा मलहम लगाउने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका तर्फबाट राहत स्वरूप मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको विपद राहत कोषमा १०र१० लाखका दरले सहयोग गर्ने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको मिति २०७८र०३र०३ गते बिहिबार नगर प्रमुख श्री कृष्णहरि थापाज्यूको अध्यक्षतामा बैठक बसी मिति २०७८र०३र०१ गतेका दिन अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँ पालिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा राहत स्वरूप मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको विपद राहत कोषमा १०र१० लाखका दरले कागेश्वरी मनोहरा नगरपालिका तर्फबाट सहयोग उपलब्ध गराउने निर्णय गर्दै उक्त प्राकृतिक प्रकोपबाट घाइते हनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, मृत्यु हनु भएका दिवंगत व्यक्तिहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरिएको छ  । 

196322204_522367272535358_9131747692221213325_n.jpg

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।