Logo

गण्डकी प्रदेश

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सात हजार दुई १८ पुग्यो



प्रदेश ५मा कोरोना संक्रमितको संख्या सात हजार दुई सय १८ नाघेको छ । यहाका तीन जिल्लामा संक्रमितको संख्या एक हजार भन्दा पनि बढी छ । प्रदेशमा संक्रमित मध्ये एक हजार सात सय १७ जना उपचाररत छन् । यस प्रदेशमा कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तंथ्याक अनुसार यहाँ निको हुनेको संख्या पाँच हजार चार सय ५८  छ ।  प्रदेशमा सबैभन्दा बढी रुपन्देही जिल्लामा संक्रमित भेटिएका छन । रुपन्देहीमा संक्रमितहरुको संख्या एक हजार तीन सय १८ पुगेको छ । जसमध्ये हाल उपचारमा छ सय ५८ जना रहेका छन् । 

कुन जिल्लामा कति छन संक्रमित ?
 प्रदेशमा सबैभन्दा धेरैै रुपन्देहीमा एक हजार तीन सय १८ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका  अनुसार बाकेमा एक हजार दुई सय ५४, कपिलवस्तुमा एक हजार एक सय ५९ जना रहेका छन । त्यस्तै दाङमा आठ सय ४०, पाल्पा छ सय ९ संक्रमित रहेका छन । त्यस्तै  प्यूठानमा चार सय ६०,  गुल्मीमा चार सय २० र  बर्दियामा चार सय ८ रहेका छन । 

अर्घाखाचीँमा तीन सय ७१, नवलपरासी पश्चिममा दुई सय ७२,  रोल्पामा ८२ र रुकुम पुर्वमा २५ जनामा कोरोना संक्रमण भएको छ । यस प्रदेशमा पिसिआर परीक्षणका लागि संकलन गरिएको एक लाख  जनाको स्वाब मध्ये साढे तीन हजार जनाको स्वाब परीक्षणकोे प्रक्रियामा छ । 

एक हजार जना होम आइसोलेसनमा
प्रदेश ५ मा कोरोना संक्रमित मध्ये झण्डै एक हजार जना होम आइसोलेसनमा रहेका छन । यहा सबै भन्दा बढी संक्रमित रहेको जिल्ला रुपन्देहीका धेरै होम आइसोलेसनमा छन् । प्रदेश स्वस्थ्य निर्देशनालयका सुचना अधिकारी नेत्रलाल अर्यालका अनुसार रुपन्देहीका ६ सय १५ जना होम आइसोलेसनमा छन् । ती मध्ये तीन सय ९७ जना उपचारमा छन् । 

त्यस्तै कपिलवस्तुमा दुई सय ३२ जना होम आइसोलेसनमा छन् । नवलपरासी पश्चिममा एक सय ११ जना, पाल्पामा १४ र अर्घाखाचीमा ९ जना होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेकामध्ये २६ जना लक्षण सहितका संक्रमित रहेका छन् । 

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ८ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।